+
+

प्रदेश-२ मा एकीकृत समाजवादीले भन्यो : साइकल वितरणमा भ्रष्टाचार भएको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १७:०३

२० असोज, जनकपुरधाम । प्रदेश-२ सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा भ्रष्टाचार भएको बताएको छ ।

प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघ्न महतोले हाकाहाकी भ्रष्टाचार भएको बताए । मन्त्रालयबाट गएको हरेक बजेटमा भ्रष्टाचार भएको भन्दै उनले कमिसन नदिँदा कामै नभएको विगतको स्मरण सुनाए ।

साइकल वितरणलाई महत्वपूर्ण स्थान नदिँदा व्यवस्थित गर्न नसकिएको उनले बताए । मुख्यमन्त्री सरकारको अभिभावक भएको र अभिभावकले आफैंले गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा मुख्यमन्त्रीले गरेको प्रतिबद्धताहरु पूरा हुन नसकेको महतोले गुनासो पोखे ।

जनतालाई समयमै मल-खाद्य दिन नसकिएको, जनताको काम गर्न नसकेकाले जनतासँग माफी माग्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री आत्तिनुभयो : सांसद चौधरी

प्रदेश सभाको बैठकमा सत्तारुढ कांग्रेसका सांसद शिवचन्द्र चौधरीले मुख्यमन्त्रीको छापामारीपछि मुख्यमन्त्री आत्तिएको बताए । ‘तपाईं आफ्नो ठाउँमा ठीक हुनुहुन्छ भने गर्न दिनुस् केही हुँदैन’ उनले भने, ‘गलत गर्नुभएको छ भने उसले नियमानुसार गर्छ ।’

मसाल जुलुस गर्दैमा, बिरोधमा नाराबाजी गर्दैमा अख्तियारको अधिकार नघट्ने उनले बताए । ‘अख्तियारबिरुद्धको नाराबाजी कुनै पनि हिसाबले मुनासिब होइन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?