+
+

फ्रान्सका राजदूत अष्ट्रेलिया फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ११:३८

२१ असोज, काठमाडौं । अष्ट्रेलियाका लागि फ्रान्सका राजदूत आफ्नो काममा फर्किएका छन् । फ्रान्सले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) मा आपत्ति जनाउँदै अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

अकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले यसअघि फ्रान्ससँग भएको पनडुब्बी खरिदको सम्झौता रद्द गरेको थियो । यसै विषयमा फ्रान्सले आपत्ति जनाएको हो । फ्रान्सले उक्त सम्झौतालाई पीठमा छुरा हान्ने काम भएको बताएको थियो ।

यो सम्झौतापछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोसँग वार्ताको प्रयास सफल हुन नसकेको बताएका थिए । अष्ट्रेलियाका व्यापारमन्त्रीले फरान्सेली समकक्षीसँग वार्ताको प्रस्ताव गरेका थिए तर उनले पनि भेट्न मानेका थिएनन् ।

अकस सम्झौताको विवादको कारण गत साता हुने भनिएको अष्ट्रेलिया-ईयू व्यापार सम्झौता पनि हुन सकेको थिएन । अहिले दुई मुलुकको सम्बन्ध पुनः सुरु गर्नको लागि राजदूतलाई काममा फिर्ता पठाइएको फ्रान्सले बताएको छ ।

अष्ट्रेलियाले पनि फ्रान्सको दुःखलाई बुझेको बताएको छ । अष्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले भनेकी थिइन्, ‘अष्ट्रेलियाले फ्रान्ससँगको सम्बन्धलाई महत्व दिएको छ । फ्रान्स महत्वपूर्ण साझेदार मुलुक हो र इन्डो-प्यासिफिक क्षेत्रको स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।’

अकस सम्झौता पछिल्लो समय चीनको बढ्दो प्रभाव नियन्त्रणको लागि ल्याइएको बताइँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?