+
+

दीपकले लेखेको ‘राजा ब्याक अगेन’ को अर्थ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ११:३८

निर्देशक दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा’को सिरिजमा आफूलाई ‘राजा’ पात्रको रुपमा प्रस्तुत गरे । यसपछि, दीपकलाई ‘राजा’ भन्नेहरु धेरै छन् । उनको यो भूमिकालाई दर्शकले निक्कै रुचाए ।

उनै, दीपकले सामाजिक संजालमा ‘राजा ब्याक अगेन’ भनेर लेखेपछि धेरैले उनले चलचित्र ‘छक्का पन्जा ४’ बनाउन लागेको वुझेका छन् । उसो त, दीपकले यो चलचित्रको कथा लेख्न थालेको पहिलो लकडाउनबाट नै हो । दीपक यो चलचित्र बनाउने तयारीमा पनि छन् । तर, तत्काल यो चलचित्र भने बन्ने छैन ।

उसो भए, दीपकले ‘राजा ब्याक अगेन’ किन लेखे त ? दीपकले एक विज्ञापनमा अभिनय गरेका छन् । जुन विज्ञापनमा दर्शकले उनलाई ‘राजा’को रुपमा देख्न पाउनेछन् । यसैले, दीपकले राजा फेरि फर्कियो भनेर लेखेका हुन् ।

तर, दीपकराज गिरीको हातमा भने यतिबेला ४ वटा चलचित्र छ । उनी, सर्वप्रथम केही कम बजेटको चलचित्रमा काम गर्ने सुरमा छन् । दीपक भन्छन्–‘हाम्रो टिमलाई बाहिरको ब्यानरबाट पनि अफर आइरहेको छ । हामी, छक्का पन्जा ४ बनाउने सोचमा त छौं । तर, अहिलेको परिस्थितीमा सुरुवातमै यो चलचित्र बनाउन भन्दा पनि केही कम बजेटको चलचित्र पहिला गर्ने भन्ने सोच छ ।’

दीपकका लागि ‘छक्का पन्जा’को सिरिज ‘तुरुपको एक्का’ जस्तै हो । यसैले, तत्काल यो कार्ड फ्याक्ने सोचमा उनी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?