+
+

महोत्तरीमा बन्दुक देखाएर गरगहना लुटपाट

रासस रासस
२०७८ असोज २१ गते १३:०२
प्रतीकात्मक तस्वीर

२१ असोज, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा लुटेराको समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ ।

स्थानीय कैलाश सिंहको घरमा उनकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा बिहीबार बिहान ३ बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित पाँच लाख रुपैयाँ बढीको गरगहना लुटेर लगेको छ ।

घटना बिहान ३ बजे भएपनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजी गरिरहेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?