२५ साउन, काठमाडौं । बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय चुरन मगर, तनहुँको सुक्लागण्डकी नगरपालिका–५ का ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ का ३१ वर्षीय विजय बाबु घिसिङ छन् ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।
उनीहरुबाट प्रहरीले ५७ हजार ९६ रुपैयषँ ताल्चा, ह्याक्सो ब्लेड पनि बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4