News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको पालुङटारमा लुटपाट गरेको आरोपमा प्रहरीले २२ वर्षीय कृष्ण परियार र २३ वर्षीय कुशल एसीलाई पक्राउ गरेको छ।
- गत साउन ५ गते राति दुर्गा एसीलाई बाटोमा रोकी १ लाख ७० हजार रुपैयाँसहितको झोला लुटपाट गरेको प्रहरीले जनाएको छ।
- डिएसपी राजकुमार श्रेष्ठले भने, ‘प्लाष्टिकको बोराले मुख छोपेर नाइनलको डोरीले बाध्न खोजेछन्, अनि १ लाख ७० हजार नगदसहित अन्य कागजात रहेको झोला लिएर भागेछन् ।’
२७ साउन, गोरखा । लुटपाटको आरोपमा जिल्लामा दुई जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका- २ हर्मीकोट आँपपिपलका २२ बर्षीय कृष्ण परियार र ओडारेका २३ बर्षीय कुशल एसीलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही साउन ५ गते राती करिब साढे ९ बजे ओडारेका दुर्गा एसीलाई उनीहरूले लुटपाट गरेका थिए । ‘हर्मीबाट आफ्नो घर ओडारे जाँदै गर्दा दुर्गालाई पानपा २ भण्डारी चौतारास्थित सार्वजनिक बाटोमा कालो नकाप लगाएर रोकेछन्,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘प्लाष्टिकको बोराले मुख छोपेर नाइनलको डोरीले बाध्न खोजेछन्, अनि १ लाख ७० हजार नगदसहित अन्य कागजात रहेको झोला लिएर भागेछन् ।’
अनुसन्धानको क्रममा उनीहरुले लुटपाट गरेको खुल्न आएको र पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनीहरूविरुद्ध डाँकाचोरी शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4