+
+

जसपाले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १३:१०

२२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणू यादव र रामसहायप्रसाद यादवको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, महेन्द्र रायले कृषि तथा पशुपंक्षी, रेणूले भौतिक पूर्वाधार तथा यातायात र रामसहायले वन तथा वातावरण मन्त्रालय पाउनेछन् ।

जसपा कार्यकारिणी समितिले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाएका थिए ।

नेताहरुका अनुसार पूर्व राजपा पक्षबाट आएकाबाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । जसमध्ये महेन्द्र राय मन्त्री बन्ने भएका छन् । प्रदेश २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इतियाक राई तथा महिलाबाट रेणू यादव र अमृता अग्रहरी दाबेदार थिए । श्रेष्ठ र यादवले मन्त्री बन्ने अवसर पाएका छन् ।

सरकार र पार्टीको कामलाई जोड्न भूमिका खेल्न सक्ने मन्त्री रुपमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका रामसहायलाई छनोट गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?