+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जसपाको केन्द्रीय समिति बैठक सुरु, भावी रणनीति र मधेश मुद्दाबारे छलफल

दुई दिन चल्नेमा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल हुने उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जाकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १४:३६

१२ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो ।

शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक तथा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा गहन छलफल हुनेछ,’ उपमहासचिव यादवले भने ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री यादव, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत केन्द्रीय समितिका सदस्यहरूको सहभागी छन् ।

बैठक आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?