+
+

‘एक्स ९’ टिमले भेट्यो सुनिल सेट्टी, केही दिनमा सम्झौता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १४:३६

फ्रेबुअरी महिनाबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्र ‘एक्स ९’मा बलिउडका सफल नायक सुनिल सेट्टीले काम गर्ने संभावना बढेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो । मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् ।

वुझिएअनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता हुनेछ । यदि, चलचित्रका लागि सुनिलले संझौता गरेको खण्डमा उनी यो चलचित्रमा मुख्य खलपात्रको भूमिकामा देखिनेछन् ।

चलचित्रलाई महंगो बजेटमा बनाउने तयारी निर्देशक भट्टको छ । यो चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकार फाइनल भैसकेका छन् ।

चलचित्रका लागि अहिले कलाकारहरु जीममा व्यस्त छन् । यो चलचित्रका लागि अनमोल र पुष्पले २० केजी तौल बढाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?