+
+

न्याय खोज्दै आएको नेपालगञ्जको टोली र सरकारबीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १८:०८

२३ असोज, काठमाडौं । घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि काठमाडौं आएको टोलीसँग सरकारले वार्ता गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले आफूले नेपालगञ्जबाट आएको टोलीसँग वार्ता गरेको बताए । तर पीडित पक्षले चित्त बुझाएका छैनन् ।  उनीहरुले आफूहरुको मागमा सरकारले लिखित प्रतिवद्धता जनाउन माग गरे पनि प्रवक्ता पोखरेलले मौखिक आश्वासनमात्र दिएका थिए ।

गृह प्रवक्ता पोखरेलले भने उनीहरु चित्त बुझाएर गएको  दावी गरे । ‘उहाँहरुको कुरा हामीले सुन्यौं, हाम्रा कुरा पनि भन्यौं, उहाँहरु चित्त बुझाएर जानुभएको छ’ पोखरेलले अनलाइनखबरसँग भने ।

पोखरेलले उनीहरुले राखेको माग पूरा गर्ने आश्वासन दिएको बताए । ‘हामी तपाईंको मागप्रति पोजेटिभ छौं भनेपछि हाम्रा साथीहरुलाई सम्झाउछौं भनेर जानुभएको छ’ उनले भने ।

घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवी हत्याका दोषी तथा विधवा महिला निर्मला कुर्मीका हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्नुुपर्ने, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्नुपर्ने माग गर्दै पीडित पक्षको एक टोली नेपालगञ्जदेखि काठमाडौं आएको थियो । शुक्रबार काठमाडौं आएका उनीहरु माइतीघरमा धर्नामा बसेका छन् ।

शुक्रबार साँझ धर्नास्थलबाटै प्रहरीले रुबी खातुनलाई पक्राउ गरेको थियो । गृहका प्रवक्ता पोखरेलले उनलाई नेपालगञ्ज नै पठाइएको बताए । ‘उनको नाममा जिल्ला अदालतले जारी गरेको वारेन्ट रहेछ, त्यसैले नेपालगञ्ज नै पठाएका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?