+
+

लगातार बढ्दैछ यी व्यक्तिको नाक, गिनिज बुकमा नाम लेखियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १८:४१

२४ असोज, काठमाडौं । दुनियामा चर्चित हुनका लागि कहिलेकाहीँ आफ्नो नाकले पनि मद्दत गर्दो रहेछ । टर्कीका मेहमेत ओजियुरेक आफ्नो नाककै कारण विश्व किर्तिमानी हासिल गर्न सफल भएका छन् ।

ओजियुरेकको नाकले विश्वको सबैभन्दा लामो नाकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । झ अनौठो त के भने हाल ७१ वर्ष उमेरको भैसकेका ओजियुरेकको नाक अहिलेपनि लगातार बढिरहेको छ । त्यसैले उनको नाक भविष्यमा अझै लामो हुनेछ ।

उनले ११ वर्षअघि कायम गरेको लामो नाकको विश्व किर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनले यो किर्तिमान सन् २०१० को मार्चमै कायम गरेका हुन् । उनको नाकको लम्बाई ८.८ सेन्टिमिटर रहेको छ । अर्थात् उनको अनुहार भन्दा साढे ३ इन्च परसम्म नाक फैलिएको छ ।

ओजियुरेकको नाक संसारमा जिवित व्यक्तिहरुमा सबैभन्दा लामो नाक हो । तर मानव इतिहासमा सबैभन्दा लामो नाकको किर्तिमान चाहीँ बेलायतका थोमस वेडर्सको छ । हाल मृत्यु भइसकेका थोमसको नाकको लम्बाई १९ सेन्टिमिटर थियो, जुन कल्पनै गर्न नसकिने लम्बाई हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?