+
+
Shares

प्रदेश १ : विश्वासको मत धकेलेर धमाधम नियुक्ती, ‘गुण्डा नाइके’लाई खेलकुद बोर्ड सदस्यसचिवको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ७:१७

२५ असोज, विराटनगर । विश्वासको मत लिने समयलाई १२ दिनपछि सारेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले महत्वपूर्ण स्थानमा राजनीतिक नियुक्ती गरेका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण राजनीतिक नियुक्ती गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा ‘गुण्डा नाइके’ कृष्ण बस्नेत (पर्शुराम)लाई नियुक्त गरेको हो ।

गत भदौ २५ गते बस्नेतले सम्पती शुद्धीकरण मुद्दामा सर्वाेच्च अदालतबाट सफाइ पाएका थिए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई प्रदेश १ को खेलकुद विकास बोर्ड सदस्यको जिम्मेवारी दिएको सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जानकारी दिए ।

एमालेको संरक्षणमा लामो समय गुण्डागर्दी गरेका बस्नेत ‘डन’ भनेर परिचित छन् । प्रहरीले भने डनको सट्टा ‘गुण्डा नाइके’ भन्ने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका बस्नेत केही वर्षयता राजनीतिक गतिविधिमा सक्रिय छन् ।

आइतबारको बैठकले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वो, सदस्य सचिवमा बस्नेत र सदस्यहरुमा भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारीलाई नियुक्त गरेको छ । उनीहरु सबै एमाले निकट हुन् ।

बैठकले प्रदेश पर्यटन बोर्डको सदस्य पनि नियुक्त गरेको छ । बैठकले मनोनयन सिफारिस समितिको सिफारिसका आधारमा विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, सुनसरीकी प्रेरणा थापा र झापाकी इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको हो ।

नियमाली अनुसार ११ सदस्य कार्य समिति हुन्छ । समितिको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहन्छन् । ६ जना उद्योग पर्यटन क्षेत्रमा १० वर्षयता सक्रिय व्यक्ति रहने व्यवस्था छ ।

बैठकले प्रदेश श्रम सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा राजिव घिमिरे छन् । सदस्यहरुमा भीम घिमिरे, सरोज श्रेष्ठ, सिता उपाध्याय, रञ्जु सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टिका प्रसाईं, निलम साह सोनारलाई नियुक्त गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले जानकारी दिए ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समयलाई १२ दिनपछि धकेलेकै दिन आचार्यले राजनीतिक नियुक्ती गरेका हुन् ।

शुक्रबारबाट सुरु प्रदेश सभाको ९ औं हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बसेको थियो । तेस्रो बैठक सभामुखले कात्तिक ५ गतेसम्मका लागि स्थगित गरेका छन् । सो समयमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । विश्वासको मतका लागि सोमबार प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने सत्ता पक्षको तयारी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?