+
+

सांसदले पाए दशैं विदा

प्रतिनिधिसभा कात्तिक ९ गतेसम्म विदा, राष्ट्रियसभामा बैठकको मिति तोकिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १९:५१

२५ असोज, काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन् । धेरै सांसदहरु गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा पनि उपस्थित भएका थिएनन् ।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिएका थिए ।

प्रतिनिधिसभा बैठकले सोमबार रेल्वे विधेयक २०७८ फिर्ता लिएको छ । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?