 
																			२५ असोज, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशेष कुँवर (भुन्टु)ले आफूले तलब-भत्ता वापत पाएको रकम ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरेका छन् । वडाध्यक्ष कुँवरले सोमबार आफ्नै वडाका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई तीन लाख ९२ हजार रुपैयाँ नगद वितरण गरेका हुन् ।
कुँवरले एक सय ४२ जना ज्येष्ठ नागरिक, २४ जना पूर्ण अपाङगता भएका व्यक्ति र दुई जना दृष्टिविहीनलाई जनही एक हजार पाँच सयका दरले रकम वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्षले दिएको सहयोग रकम बुझ्नेमा एक सय १० वर्षसम्मका वृद्धवृद्धा रहेका छन् । भीमदत्त नगरपालिका–१ घर भएकी एक सय १० वर्षीया लक्ष्मी सापकोटा र उनकी ८४ वर्षीया छोरी पूर्णकला भण्डारीले पनि सहयोग रकम बुझेकी छन् । आमा काठमाडौंमै भएकाले छोरीले नै उक्त रकम बुझेको बताइएको छ । कुँवरले पूर्व घोषणाअनुसार वडामा रहेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई नगद सहयोग गर्दै दशैंको आशीर्वाद लिएको बताए ।
‘मैले राज्यबाट सेवा सुविधा वापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु,’ कुँवरले भने, ‘यसपालि पनि दशैं मनाउन सहयोग पुगोस् भनेर आशीर्वाद लिँदै वृद्ध आमाबुवाहरुलाई रकम गरेको छु ।’
वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले चुनावका बेला राज्यबाट पाइने सेवा सुविधा नलिने तर सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4