+
+

नेपाल-भारतको फुटबल खेलमा बन्यो इन्टरनेट ट्राफिकमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १८:१७

२५ असोज, काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ ।

एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको हो ।

असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स र स्विजरल्यान्ड तथा इङ्ल्यान्ड र जर्मनीबीच भएको दिनमा नयाँ रेकर्ड बनेको थियो । सो दिनमा इन्टरनेट खपत प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो ।

भारतसँगको खेलको पहिलो हाफपछि प्रतिसेकेन्ड ५४.४४० गिगाबिट्ससम्म इन्टरनेट ट्राफिक पुगेको एक्स्चेन्जले बताएको छ । रेकर्ड देशबाहिरबाट आएको र नेपालबाट विदेश गएको बाहेकको ब्यान्डविथ खपत हो ।

नेपालका विभिन्न एपहरुले सेवा भिडियो सेवा दिँदा स्थानीय ब्यान्डविथ खपत बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?