
२५ असोज, धनगढी। समिट एयरको जहाजमा देखिएको समस्याका कारण धनगढी विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।
सोमबार साँझ धनगढीबाट बाजुराका लागि उडान भरिरहेको समिट एयरको जहाजको हुईल लक हुँदा विमानस्थलको पश्चिमतर्फ रोकिएपछि सेवा प्रभावित भएको हो ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले हुईलमा आएको समस्याका कारण जहाज रनवेको पश्चिमतर्फ रोकिएका कारण उडान सेवा प्रभावित भएको बताए ।
जहाज रनवेमा रोकिदा श्रीएयरलाइन्स र बुद्ध एयरलाइन्सको उडान सेवा प्रभावित भएको बताउँदै भट्टले अहिले बाँकी क्षेत्रलाई प्रयोग गरेर पुनः उडान थालिएको जानकारी दिए ।
विमानस्थलमा समिटको विमान रोकिदा धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्ज अवतरण गरेको छ भने श्रीएयरलाइन्सको विमान धनगढीबाट ढिलोगरी काठमाडौँका लागि उडेको छ। विमानस्थल कार्यालयका प्रमुख भट्टले बुद्ध एयरको विमान नेपालगञ्जबाट अब सोझै धनगढी आउने बताए ।
प्रतिक्रिया 4