+
+

‘डाँडाको वर पीपल’को प्रिमियर, कस्तो छ फिल्म ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते २१:४४

साढे ५ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु खुलेसँगै चलचित्र रिलिजको क्रम पनि सुरु भएको छ । दर्शकले लामो समयको ब्रेकपछि भोली मंगलबारबाट नेपाली चलचित्र ‘डाँडाको वर पीपल’ हेर्न पाउनेछन् । मल्टिप्लेक्समा पनि राम्रो शोज पाएको यो चलचित्रको आज काठमाडौंको वान सिनेमाज्मा प्रिमियर गरिएको छ ।

चलचित्रको प्रिमियरमा नायिका रेखा थापा, स्वस्तिमा खड्का, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा पनि हलमा पुगेका थिए । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी र मिडियाकर्मीले यसको कथावस्तुले पछिल्लो सामाजिक अवस्था बोलेको बताए ।

शोभित बस्नेतले यस अगाडि बनाउँदै आएका चलचित्र भन्दा फरक रहेको यो चलचित्रले जातका कारण प्रेममा आउने अवरोध, दुई पुस्ताविच देखिएको दुरीको कथालाई भन्छ । चलचित्रमा नायक भुवन केसीको पनि मुख्य भूमिका रहेपनि उनी कार्यक्रममा भने उपस्थित भएनन् ।

निर्मात्री पूनम गौतमले लामो समयपछि हलमा पारिवारिक चलचित्र लागेकाले सबैले हेर्न आग्रह गरिन् । चलचित्रकी कलाकार गौरी मल्लले समाजमा बढ्दै गएको दुई पुस्ताविचको दुरीको कथालाई यो चलचित्रले प्रस्तुत गरेको भन्दै यसमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । नायक शिव श्रेष्ठले एउटा राम्रो कथामा चलचित्र खेल्न पाएको भन्दै निर्देशक बस्नेतलाई धन्यवाद दिए ।

नायक सलोन बस्नेतले आफूहरुले मिहिनेत गरेर चलचित्रमा काम गरेको भन्दै अब जिम्मा दर्शकको हातमा रहेको सुनाए । नायिका रुविना थापाले चलचित्र हेर्दा आफू कैयौं पटक रोएको भन्दै दर्शकले यसलाई भावनामा बगाउने तर्क गरिन् ।
बुढासुब्बा ओर्जिनलका लागि नवराज गिरीले निर्माण गरेको यो चलचित्रले लामो समयसम्म बन्द रहेको चलचित्र उद्योगलाई चलायमान बनाउन मद्दत गर्ने विश्वास चलचित्रकर्मीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?