+
+

मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको दोषीलाई कारबाही गर : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १३:३७

२६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनेर त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति दिने भनिएता पनि अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन । राष्ट्रिय जनमोर्चाले उनीहरुलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

भूमिसम्बन्धी समस्या हल गर्न विभिन्न समयमा विभिन्न प्रकारका आयोग वा कार्यदल बनेको तर तिनले समस्याको समाधान गर्न नसकेको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘आज पनि त्यो समस्याले गर्दा एकातिर सामन्त, जग्गा माफिया र गुठीका नाममा जग्गाको दुरुपयोग भएको छ’ अध्यक्ष केसीले भनेका छन् ।

कतिपय राजनीतिक दलका सम्बद्ध स्थानीय कार्यकर्ता र भूमाफिया मिलेर ती भूमिहीन सुकुम्बासीहरुबाट पैसा असुल गरेर ठूलो मूल्य पर्ने परती जग्गा ओगट्न राख्ने तर जग्गा भने आफ्नो नाममा दर्ता गर्ने गरेको पनि राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?