+
+

थप ४५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १७:२९

२८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ८०४ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २७६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ भने ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेका छन् । जसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?