+
+

भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते ७:०३

३० असोज, काठमाडौं । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?