+
+

थप १४७ जनामा कोरोना संक्रमण, ८४५ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १७:२९

३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना निको भएका छन् ।

शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् । जसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?