+
+

९० करोडमा तयार भयो नागरिक लगानी कोषको नयाँ भवन

एक महिनाभित्र स्थानान्तरण गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १८:२२
तस्वीर : उद्धव सिलवाल/नागरिक लगानी कोष

३१ असोज, काठमाडौं । नागरिक लगानी कोषले करिब ९० करोड रुपैयाँ लागतमा नयाँ बानेश्वरमा कार्यालय भवन तयार गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्व ६ रोपनी जग्गामा कोषले भवन बनाएको हो ।

अहिले नयाँ बानेश्वरमै रहेको पुरानो भवनबाट प्रशासनिक काम गर्दै आएको छ । कोषका अनुसार भवन निर्माणको काम लगभग सकिएको छ र कात्तिक महिनाभित्रै कार्यालय सार्ने तयारी छ ।

नयाँ भवनमा पार्किङसहित ७ तला रहेका छन् । यो भवनमा तत्कालै कोषका कार्यकारी निर्देशक र व्यवस्थापनका उच्च अधिकारीहरुको कार्यकक्ष हुनेछ । अहिले पुरानो भवन रहेको ठाउँमा पनि पुराना भवनहरु भत्काएर नयाँ भवन बनाउनका लागि कोषले सहरी विकास तथा भवन सनर्माण विभागसँग सम्झौता गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?