+
+

सेप्टेम्बरमा भारतभित्र धेरै बिक्री भएको एसयूभीमा टाटाको ‘नेक्सन’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १४:०७

२० असोज, काठमाडौं । टाटा नेक्सन पहिलोपटक सेप्टेम्बरमा भारतमा सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ । उक्त महिनामा यो मोडलको गत सेप्टेम्बरमा नौ हजार २११ एकाइ कार बिक्री भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो मोडलको व्यापार ५३.३ प्रतिशतले बढेको हो ।

सेप्टेम्बरमा यात्रुवाहक कार उद्योगको समग्र व्यापारमा ३६.६ प्रतिशतको गिरावट आएको थियो । यात्रुवाहक कारको व्यापारमा गिरावट आउनुको एउटा कारण सेमिकन्डक्टरको अभाव हुनु पनि एउटा कारण हो । धेरै कार उत्पादक यसबाट प्रभावित भएका थिए ।

यद्यपि टाटा मोटर्सको व्यापार भने सेप्टेम्बरमा राम्रो देखिएको छ । यसको नेक्सन सबैभन्दा धेरै बिक्री हुने कम्प्याक्ट एसयूभी मोडल बनेको छ । गत सेप्टेम्बरमा यो मोडलका नौ हजार २११ कार बिक्री भएको थियो । गत वर्षको सोही महिनामा ६ हजार ७ नेक्सन मोडलका कारहरु बिक्री भएका थिए । प्रमुख एसयूभी कारमा हुण्डाई भेन्यु, किया सोनेट र महिन्द्रा एक्सयूभी३०० मध्ये नेक्सनले सबैलाई व्यापारको हिसाबमा पछि पारेको हो ।

गत सेप्टेम्बरमा हुण्डाईको भेन्यु मोडलका ७ हजार ९२४ कार बिक्री भएका थिए । अघिल्लो वर्षको सोही महिनामा यो मोडलका ८ हजार ४६९ कार बिक्री भएका थिए । वाषिर्क हिसाबमा यो मोडलका कारको बिक्री ६.४ प्रतिशतले घटेको हो । किया सोनटको व्यापारमा भने गत वर्षको सेप्टेम्बरको तुलनामा ५२ प्रतिशतले घटेको छ । यो मोडलका केवल ४ हजार ४५४ एकाइ कार बिक्री भएका थिए । अघिल्लो वर्षको सेप्टेम्बरमा यो मोडलका नौ हजार २६६ एकाइ कार बिक्री भएका थिए ।

गत सेप्टेम्बरमा महिन्द्राको एक्सयूभी३०० मोडलको कारको व्यापार भने गत वर्षको तुलनामा स्थिर देखिएको छ । सेप्टेम्बरमा यो मोडलका ३६९३ कार बिक्री भएका थिए । अघिल्लो वर्षको सेप्टेम्बरमा यो मोडलका ३ हजार ७०० कार बिक्री भएका थिए । निशान म्यानाइट भारतमा पाँचौं सबैभन्दा धेरै बिक्री हुने कार हो । सेप्टेम्बरमा यो मोडलका २ हजार ३३० कार बिक्री भएका थिए । सोही अवधिमा मारुती भिटारा ब्रेजा मोडलका २ हजार ३१२ कार बिक्री भएका थिए । यो मोडलका कारको व्यापारमा अघिल्लो वर्षको तुलनामा ७४.७४ प्रतिशतको गिरावट आएको हो । अघिल्लो वर्षको सेप्टेम्बरमा यो मोडलका ९ हजार १५३ कार बिक्री भएको थियो ।

रेनोको काइगर व्यापारको हिसाबमा सातौं स्थानमा छ । टोयोटाको अर्बान क्रजुर आठौं तथा होण्डाको डब्ल्यू-भी नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?