+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रयोगशाला स्थापनाको लागि सामुदायिक विद्यालयलाई सरकारले अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १६:३०

१ कार्तिक, काठमाडौं । बागमती प्रदेशमा प्रयोगशाला स्थापना गर्न सामुदायिक विद्यालयलाई प्रदेश सरकारले अनुदान दिने भएको छ । सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नका लागि बागमति प्रदेश सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने जनाएको छ ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि, २०७८’ अनुसार छनोट भएका विद्यालयलाई प्रति विद्यालय रु. १५ लाख, त्यसैगरी विज्ञान, विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा रु. १२ लाख अनुदान प्रदान गर्ने भएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा उल्लेख गरेको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गतको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गरेको थियो । सोही कार्यक्रमको कार्यान्वयनका लागि निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिने जनाएको छ ।

कार्यविधिमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने विद्यालयको पहिचान गर्ने, प्रयोगशालाको स्थापना गर्ने विद्यालय छनोटको मापदण्ड निर्धारण गर्ने, छनोट भएका विद्यालयलाई प्रयोगशालाको व्यवस्था गर्नका लागि अनुदान प्रदान गर्ने भनिएको छ ।

अनुदानका लागि सर्त

सरकारले अनुदान आवेदनको लागि विभिन्न सर्त समेत अघि सारेको छ । प्रयोगशाला स्थापना गर्ने विद्यालय माध्यमिक तहसम्म सञ्चालित हुनुपर्ने, विद्यालयमा विद्युत पुगेको र जडान गरेको हुनुपर्ने सर्त राखेको छ ।

विद्यालयले विज्ञान, विषयगत र सूचना प्रविधि प्रगोगशाला मध्ये जुन विषयमा आवेदन दिने हो उक्त विषयको प्रयोगशाला स्थापना गर्न यस भन्दा अगाडि संघ, प्रदेश र स्थानीय तहबाट बजेट उपलब्ध नगराइएको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय समेत आवेदनमा संलग्न हुनुपर्ने छ ।

यसका साथै कार्यविधिले प्रयोगाशाला स्थापना गर्ने विद्यालय छनोटका लागि विभिन्न सूचक निर्धारण गरेको छ ।

विद्यालयको संरचना, विद्यार्थी संख्या, छात्रा भर्नादर, भौगोलिक क्षेत्र, विगत तीन वर्षको एसईईको नतिजा लगायत कार्यविधिले तोकेको सूचकको आधारमा विद्यालय छनोट गरिने निर्देशनालयले उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?