+
+

सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १७:२७

१ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका थिए ।

महर्जनको शवलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । उनका पत्नी, दुई छोरी र एक छोरा छन् । मर्हजन आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशक समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?