+
+

‘सहायक श्रीमान’ लाई युरोपमा अनरेवल मेन्सन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १०:३४

नेपाली वृत्तचित्र फिल्म ‘को हजबेन्ड’ (सहायक श्रीमान)ले युरोपको एक चलचित्र महोत्सवमा अवार्ड जितेको छ । स्लोभाकियाको पोपरोडमा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्म पोपराडमा १७ देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

२९ औं संस्करणको यस फिल्म फेस्टिभलमा ‘को हजबेन्ड’ले अनरेवल मेन्सन अवार्ड हात पारेको हो । पोपराडमा आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड ग्रहण गरे । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए ।

यसअघि गत बर्ष रसियामा आयोजित १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान’को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘सहायक श्रीमान’ अक्टोबर २३ तारिख अमेरिकाको सियाटलस्थित तस्वीर साउथ एशियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?