+
+

माइतीघर पुगेर धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १६:३८

२ कार्तिक, काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेको छ ।

पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलबार माइतीघरमा महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए ।

उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग कुरा गरेर पीडित परिवारलाई तत्काल न्याय दिलाउन पहल गर्ने बताए । उनले स्थानीय सरकारले सही समयमा सही भूमिका खेल्न नसकेको कारण नै नेपालगञ्जदेखि पीडित परिवारका सदस्यहरु हिँडेर काठमाडौं आएको बताए।

अध्यक्ष अन्सारीले भने, ‘धोबी र कुर्मीको न्‍यायका लागि गृहमन्त्री र आइजीपी सँग कुराकानी गरेर दोषीमाथि कारबाहीको लागि माग राख्‍नेछु। उहाँहरुको न्‍यायको लागि पहल गर्नेछौं।’

त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलामाथि भएको हिंसालाई समयमै सम्बोधन गर्नुपर्ने बताइन् ।

उनले पीडितलाई न्याय र पीडकलाई तत्काल कारबाही गर्नुपर्ने बताउँदै घटनाको छिटो भन्दा छिटो छानबिन गर्नुपर्ने बताइन् । पीडितहरु नेपालगञ्जदेखि हिँडेर न्यायका लागि भन्दै काठमाडौंसम्म आइपुग्नु दुखद् भएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?