+
+

इनरुवा सबस्टेशन डुबानमा पर्दा मजदुरहरुको बेहाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ९:२१

३ कात्तिक, काठमाडौं । इनरुवा सबस्टेशन डुबानमा पर्दा त्यहाँ कार्यरत मजदुरहरुको पनि बेहाल भएको छ । उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ ।

उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि उनीहरु कोठाभित्रकै अग्लो स्थानमा बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए ।

कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् ।

अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आगामी पुसभित्र (डिसेम्बर २०२१भित्र) निर्माण सम्पन्न गरी सन्चालन गर्ने लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?