+
+

सिरियामा बम विस्फोट, १३ सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १२:५१
Photo Credit : Reuters

३ कात्तिक, काठमाडौं । सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको छ ।

दमास्कसको मध्य भागमा बुधबार सबेरै सडक छेउमा ती विस्फोट भएका थिए । मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ । हफेज अल असद पुलमा सैनिक सवार बस विस्फोटमा परेको र लगत्तै बसमा आगलागी भएको थियो । विस्फोटपछि तेस्रो बमलाई सेनाको इन्जिनियरिङ टोलीले निष्क्रिय पारेको थियो ।

यस वर्ष मात्रै सैन्य बहानलाई लक्षित गरी पूर्वी सिरियामा कैयौं हमला भएका छन् । उक्त क्षेत्र वरपरको मरुभूमिमा सक्रिय इस्लामिक स्टेटले ती हमला गरेको बताइन्छ ।

सन् २०११ देखि शुरु सिरियाली द्वन्द्वमा परी ३ लाख ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै द्वन्द्वबाट झण्डै ५० प्रतिशत जनसंख्या विस्थापित हुन पुगेको छ । विस्थापितमध्ये ५० लाख मानिस विदेशमा शरणार्थीको रुपमा रहेका छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?