+
+

धानबाली क्षति पुगेका किसानलाई राहत दिन किसान महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १४:३१

३ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले वक्तव्य जारी गर्दै क्षति विवरण संकलन गरी राहत घोषणा गर्न माग गरेका छन् ।

अविरल वर्षाका कारण ठूलो मात्रामा धानबाली क्षति भएकाले अल्पकालीन र दीर्घकालीन प्याकेज घोषणा गर्न महासंघले सरकारसँग माग गरेको छ । केही दिनयताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुवानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?