+
+

बाढीपहिरो पीडितलाई राहत र घाइतेलाई उपचारको व्‍यवस्था गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १७:३०

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन सरकारसँग माग गरेको छ ।

बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

‘… सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’ कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसका साथै बाढीपहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न काग्रेसले सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?