
३ कात्तिक, सप्तरी। लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् ।
हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २३ बर्षीय लालु मण्डललाई सोही नगरपालिका-१४ स्थित जिता खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
२८ बर्षीय सञ्जीव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएको थियो ।
सञ्जीव खोला तरेर बाहिर निस्किन सफल भएका छन् भने लालुलाई खोलाले बगाएर बेपत्ता बनाएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार बेपत्ता लालुको खोजी कार्य जारी छ ।
बाढीले आठ चौपाया पनि बगायो
निरन्तरको बर्षाले आएको बाढीले सप्तरीमा आठ वटा चौपाया पनि बगाएको छ । सप्तकोशी नगरपालिका ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई बस्तुहरु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ७ जनाको ८ वटा चौपाया बगाएको प्रहरीले जनाएको छ ।
कंचनरुप नगरपालिका ५ पिप्रा पूर्वका चतुरदेव तमाङगको १ बाछा, रामानन्द चौधरीको १ गाई, सुखी चौधरीको १ बाछा, नरेश चौधरीको १ बाछी, वैकप सदाको २ बाछा, सुरेन्द्र चौधरीको १ गाई र धन सदाको १ बाछी बाढीले बगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4