५ मंसिर, काठमाडौं । भियतनाममा लगातारको वर्षा र बाढीका कारण एक हप्तामा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
मध्य भियतनाममा आएको वर्षा र बाढीका कारण ९ जना बेपत्ता भएका छन् । भियतनामको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।
समाचारअनुसार वर्षा र बाढीबाट ५२ हजारन्दा बढी घर डुबानमा परको छन् । पाँच लाख घर र पसलहरूमा बिजुली अवरुद्ध भएको छ । बाढीबाट प्रभावित क्षेत्रबाट हजारौं नागरिकलाई स्थानान्तरण गरिएको छ ।
पछिल्लो समय भियतनाममा मौसम अत्यन्तै खराब छ । कालमेगी र बुआलोई आँधीबाट भियतनाममा ठूलो क्षति पुगेको छ ।
सरकारी अनुमानका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा प्राकृतिक विपत्तिबाट भियतनाममा दुई अर्ब डलरको नोक्सान भएको छ ।
प्रतिक्रिया 4