 
																			४ कात्तिक, गोरखा । गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।
राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4