
च्याम्पियन्स लिग : युभेन्ट्सको लगातार तेस्रो जित, चेल्सीलाई जित महँगो


काठमाडौं । इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले बुधबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेल जित हात पारेका छन् ।
रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएको खेलमा चेल्सीले माल्मोलाई ४-० ले हरायो । तर दुई खेलाडीको चोट चेल्सीलाई महँगो परेको छ ।
चेल्सीको जितमा जर्गिन्होले दुई तथा आन्द्रे क्रिस्टेनसन र काऐ हाभार्टले एक एक गोल गरे ।
लुकाकु र वेर्नले पहिलो हाफमै चोटका कारण मैदान छाडेका थिए ।
जितपछि चेल्सी ६ अंक जोडेर दोस्रो स्थानमा छ । इटालियन क्लब युभेन्सले जेनिथ सेन्ट पिटर्सबर्गलाई १-० ले पराजित गर्दै शतप्रतिशत जित कायम राखेको छ ।
युभेन्ट्सका लागि डुजान कुलुसेभ्स्कीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
लगातार तीन खेल जितेको युभेन्ट्स ९ अंक जोडेर शीर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment