+
+

सार्वजनिक शिक्षा सुधार प्राथमिकतामा छ : शिक्षामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:२२

४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा शिक्षामन्त्री पौडेलले सार्वजनिक शिक्षा गुणस्तर बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

मन्त्री पौडेलले भने ‘सार्वजनिक क्षेत्रलाई सुधार गर्ने पहिलो प्राथमिकतामा रहेको छ । शिक्षाक्षेत्र सुधार गर्नुको साथै शिक्षण प्रणालीलाई आजको युगमैत्री बनाउने प्रयास रहनेछ ।’

शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनलाई प्राथमिकता दिँदै प्रत्येक नागरिकको पहुँचमा गुणस्तरीय शिक्षा हुने गरी काम गर्ने उनले बताए । मन्त्री पौडेलले कसैको दबाब तथा प्रभावमा परेर पेशा र व्यवसायका लागि खोलिने शिक्षा लक्षित काम प्राथमिकतामा नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?