+
+

धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:४५

४ कात्तिक, जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई कपडा च्यातेर जनकपुरधाममा घुमाएपछि पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका नेता/कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, धनुषा अगाडि धर्ना दिएका छन् । धर्नामा बसेका सो पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्नेक्रममा ३० जना कार्यकर्ता पक्राउ परेको सो पार्टीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । धर्नामा बसेकालाई भने छलफलका लागि भित्र बोलाइएको उनको भनाइ छ ।

बिहीबार दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले निमित्त कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई नियन्त्रणमा लिएर पैदल हिँडाएर जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका छन् । सो क्रममा कार्यालय प्रमुख कुशवाहाको शरीरमा हिलो छ्याप्दै उनको सर्ट समेत जनमत कार्यकर्ताले च्यातिदिएका थिए ।

बाटो खनेर काम अगाडि नबढाएको सन्दर्भमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदिएपछि कार्यालय प्रमुखलाई नगर घुमाएको जनमत पार्टीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?