+
+

फाइजर र बायोएनटेकको ‘बुस्टर डोज’ झण्डै ९६ प्रतिशत प्रभावकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:१२

४ कात्तिक, काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ ।

बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै प्रभावकारी भएको जानकारी गराएका हुन् । प्रारम्भिक परीक्षणपछि बुस्टर डोज ९५.६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीको भनाइ छ ।

बायोएनटेकका प्रमुख उगुर सहिनले परीक्षणबाट प्राप्त नतिजा हेर्दा कोरोना भाइरस र यसका भेरियन्टबाट धेरै मानिसलाई सुरक्षित राख्न सकिने बताए ।

‘यी निष्कर्षका आधारमा हामीले के विश्वास गर्न सक्छौं भने खोपमा सबैको विश्वव्यापी पहुँच भएको अवस्थामा बुस्टर खोपले महामारी नियन्त्रण गरी पहिलाकै अवस्थामा फर्किने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने देखाउँछ’, सहिनले भने ।

दश हजार सहभागीमा गरिएको परीक्षणपछि बुस्टर डोज प्रभावकारी देखिएको हो । परीक्षणमा सहभागीमध्ये ५० प्रतिशतले फाइजरको दुई डोज लगाएका थिए भने बाँकी सहभागीलाई थप एवं उही परिणामको डोज र आधा प्लेसिबो दिइएको थियो । प्लेसिबो लिएकामध्ये १०९ जनामा कोभिड संक्रमण देखिएको थियो जबकी बुस्टर डोज लिएकामध्ये केबल ५ जनामा मात्रै संक्रमण देखिएको थियो ।

कोरोनाको डेल्टा भेरियन्ट फैलिइरहेका बेला बुस्टर डोजको परीक्षण गरिएको र दोस्रो तथा तेस्रो डोजबीचको औसत अवधि (मिडियन टाइम) ११ महिला रहेको दुबै कम्पनीले बताएका छन् । त्यस्तै सहभागीको औसत उमेर ५३ वर्ष थियो ।

कोरोना खोपको बुस्टर डोजको प्रभावकारिताबारे वैज्ञानिकहरु विभाजित भइरहेका बेला पछिल्लो नतिजा सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?