+
+

स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते ९:३६

५ कात्तिक, काठमाडौं । एसोसिएट राष्ट्र स्कटल्याण्ड आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको पहिलो चरणको समूह ‘बी’ को खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड समूह विजेता बनेको हो ।

स्कटल्याण्ड पहिलो पटक टी-२० विश्वकपको सुपर १२ मा पुगेको हो । पहिलो खेलमै टेष्ट राष्ट्र बंगलादेशलाई पराजित गरेको स्कटल्याण्डले त्यसपछि पपुवा न्युगिनीलाई पराजित गरेको थियो । दुई खेल जितेको बंगलादेश समूह उपविजेता बन्दै सुपर १२ मा पुग्यो । २ अंक मात्र जोडेको ओमान भने समूह चरणबाटै बाहिरियो ।

सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । अब पहिलो चरण अन्तर्गत समूह ए को अन्तिम खेलपछि बाँकी एक टिमको टुङ्गो लाग्नेछ ।

उता बंगलादेश भने ग्रुप १ मा परेको छ । यस समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्टइन्डिज छन् ।

टस जितेर पहिले ब्याटिङ गर्दै ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डको जितमा कप्तान कायल कोयट्जरले ४१ रन बनाए । रिची बेरिङटनले अविजित ३७ रन बनाउँदा म्याथ्यु क्रसले अविजित २६ रन जोडे । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खाँवर अली र फायज बटले १/१ विकेट लिए ।

त्यसअघि घरेलु टोली ओमानले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।

ओमानका लागि ओपनर अकिब इल्यासले ३७ रन बनाए भने कप्तान जोड्दा जिशान मक्सुदले ३४ रन जोडे । मोहमद नादिमले २५ रन बनाए ।

स्कटल्याण्डका जोस डाभीले ३ विकेट लिए । सफ्यान शारिफ र माइकल लीस्कले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?