+
+
Shares

‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १३:१९

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिने निर्माणपक्षले बताएको छ । हालसम्म २० लाख भन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्रि इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजक ट्रि इन्टरटेन्मेन्टले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने बताएको छ ।

आयोजकले दिएको ह्यास्टट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगीताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ७५  हजार, तेश्रो हुनेले ५०  हजार, चौथो हुनेले  ३५  हजार, पाँचौ हुनेले २५  हजार, छैटौ हुनेले २०  हजार, सातौ हुनेले १५  हजार, आठौ हुनेले १२  हजार, नवौं हुनेले १०  हजार र दशौं हुनेले ८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ ।

डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?