+
+

विराटनगर विमानस्थल भोलिदेखि सञ्चालन हुने, रात्री उडान नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:४३
फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो ।

उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

यसैबीच कम्पनीहरुले विराटनगर विमानस्थलमा फसेका आफ्ना जहाज भने काठमाडौं फर्काएर अन्य गन्तव्यमा उडाइरहेका छन् । कम्पनीहरुले विराटनगरको विकल्पमा भद्रपुर र राजविराजमा अतिरिक्त उडान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?