+
+

कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:०९

५ कात्तिक, काठमाडौं । नेपाल हस्तकला महासंघले यही कात्तिकको दोस्रो साता हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यही कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

महासंघले कातिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताए । मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।

मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमिकता महासंघको सदस्यलाई दिने पनि जानकारी दिए । गैरसदस्यहरुलाई स्टलको भाडा लिने उनको भनाइ छ । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?