+
+

चिकित्सा शिक्षा आयोगलाई सय दिनको कार्ययोजना बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १८:००

५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । शुक्रबार आयोगका पदाधिकारीसँगको छलफलमा शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन् ।

जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुईजनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो दायित्व र कर्तव्‍य नभुली काम गर्न निर्देशन दिए ।

उनले भने, ‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ । कार्ययोजना बनाउनुस् । गाँठो फुकाउन पहल गर्छु । मेडिकल शिक्षा सुधार्ने काम गरौं । अल्झेका विषयहरु भन्नुस् । अनिर्णीत भएर नबस्नुस्।’ आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्नेगरी काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर काम गरौं,’ उनले भने, ‘त्यसपछि एक वर्षभित्र ऐन, र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं, प्रतिफल आउँछ ।’

मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले भने, ‘उत्पादीत जनशक्तिको प्रक्षेपण गर्नुपर्छ । यो वर्षमा यति विशेषज्ञ चाहिन्छ भनेर भन्नुपर्यो । त्यो भयो भने पढ्ने विद्यार्थीलाई पनि योजना बनाउन सजिलो हुन्छ ।’

उनले आयोगमा अल्झिएका विषयहरु सल्ट्याउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि अन्तर मन्त्रालयसँग पहल गर्ने बताए । यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गर्दै मन्त्री पौडेलले कर्मचारी भएर काम गर्ने बताएका छन् ।

‘क्षमताले भ्याएसम्म, संस्था सुधार्न म जतिबेला पनि काम गर्न तयार छु’,मन्त्री पौडेलले भने– मन्त्री भएर होइन कर्मचारी भएर तपाईंसँग काम गर्छु ।’

कर्मचारीले कर्तव्‍य र अधिकार विर्सदा सार्वजनिक शिक्षा कमजोर भएको बताउँदै शिक्षकका लागि तालिम, गोष्टी र प्रशिक्षणको कार्यक्रम तयार हुने उनले बताए ।

शिक्षालाई परिर्वतन गर्न समस्या परे तत्काल बसेर समाधान गर्न सकिने बताउँदै उनले संविधानमा लेखिएको समाजवाद मोडलमा शिक्षालाई लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?