+
+

शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्‍यौं : मन्त्री झाँक्री

रासस रासस
२०७८ कात्तिक ६ गते १८:४५

६ कात्तिक, बनेपा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?