+
+

पहिचान पुरस्कारको लागि पाँच पुस्तक छनोट सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:२९

७ कात्तिक, काठमाडौं । पहिचान पुरस्कार कोषले गत वर्षभरि प्रकाशित उत्कृष्ट पाँच पुस्तक पहिचान पुरस्‍‍कारको लागि छनोट गरेको छ ।

२०७७ साउन देखि २०७८ साउन (२०२१) सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनोट गरिएको हो ।

उत्कृष्ट पाँच पुस्तकमा श्याम शाहको कथासंग्रह ‘पथेर’, अनन्त वाग्लेको उपन्यास ‘कदम’, प्रकाश आङदेम्बेको कविता ‘म एउटा विहान हिँडिरहेछु’ बिना थिङको कथासंग्रह ‘याम्बुनेर’ र केदार संकेतको कथासंग्रह ‘अफगानी रणमैदान’ रहेको छ ।

यसभन्दा अगाडि चार वटा कृतिहरूलाई पहिचान पुरस्कार दिइएको छ । राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ तथा उन्मुक्त पुस्ताको ‘आफर’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने ‘पहिचान सम्मान’बाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकिएको छ ।

यस वर्षको पहिचान पुरस्कारको घोषणा डिसेम्बर २०२१ मा हुने पुरस्कार कोषका संस्थापक नरेश काङमाङले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?