+
+

तीन महिनामा बैंकको ऋण २७८ अर्बले बढ्यो, निक्षेप वृद्धि ६८ अर्बमात्रै

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक ७ गते १५:३०

७ असोज, काठमाडौं । कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ ।

गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २० अर्ब ६ करोड रुपैयाँ रहेको थियो । असोज मसान्त्सम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेकोछ ।

यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।

कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले यस अवधिमा निक्षेप भने राम्रो संकलन गर्न सकेनन् । जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कममात्रै कर्जा लगानी गर्नु पर्ने भए पनि बैंकहरुले कर्जा लगानीको आधा रकम पनि निक्षेप संकलन गर्न सकेका छैनन् ।

तीन महिनाको अवधिमा बैंकहरुको निक्षेप ६३ अर्ब ७४ करोड रुपैयाँलेमात्रै वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत असार मसान्तमा ४२ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ निक्षेप रहेको बैंक्हरुमा असोजमसान्तसम्म आइपुग्दा भने ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँमात्रै देखिएको छ ।

कात्तिकमा भने यो अवस्थामा केही सुधार हुने देखिएको छ । निक्षेप कम भएको भन्दै बैंकहरुले महंगो ब्याजदर घोषणा गरेका थिए ।

तर राष्ट्र बैंकले बढेको ब्याजदर फिर्ता गराउँदै एक पटकमा ब्याजदर १० प्रतिशत भन्दा बढी घटबढ हुननसक्ने व्यवस्था गरिदिएको छ । अहिले भने बैंकहरुले आक्रामक भएर लगानी गर्न छाडेका छन् ।

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?