+
+

काठमाडौंमा ८० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १५:२७

७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो ।

आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम शुरु गरे । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।

कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौं । तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकषिर्त हुनुहुन्छ ? हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ,’ प्रमुख शाक्यले भने, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार ०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसैगरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ ।

कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?