७ कात्तिक, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
सोलुखुम्बुको दूधकोशी गाउँपालिका-६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका-१ का २८ वर्षीय दीपक गोतामेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4