+
+

गैंडाको खागसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:२८

७ कात्तिक, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

सोलुखुम्बुको दूधकोशी गाउँपालिका-६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका-१ का २८ वर्षीय दीपक गोतामेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?