+
+

कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ९:२५

८ कात्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने बताए । अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका अनुसार आज आएको फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ ।

खोज आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई हस्तान्तरण गरिएको छ ।

तस्वीर : चन्द्रबहादुर आले /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?