+
+

तम्घासका व्यवसायीलाई कर शिक्षा 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १४:०२

८ कात्तिक, गुल्मी । गुल्मी सदरमुकाम तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षाबारे जानकारी नहुँदा विभिन्न व्यवसाय गर्नेहरुलाई समस्या झेल्नुपर्ने बाध्यता छ ।

आन्तरिक राजस्व कार्यालय बुटवलको आयोजना र गुल्मी उद्योग वाणिज्य संघको समन्वयमा तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो । उनीहरुलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत सागर पोखरेलले व्यवसायीहरुले हिसाबकिताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विषयमा जानकारी गराए । व्यवसायीहरुले पनि करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए ।

व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको समाधान गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नुपर्नेमा जोड दिए ।

कर शिक्षा प्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्यामा सहज हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?